Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ‘दशैं दक्षिणा’ अफर

अर्थ संसार

मंगलबार, २२ असोज २०८१, ११ : ३६ मा प्रकाशित

कुमारी बैंकको ‘दशैं दक्षिणा’ अफर

कुमारी बैंकले विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैं दक्षिणा अफर ल्याएको छ ।

दशमीको दिन मोबाइल बैंकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार जना सेवाग्राहीलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत (अधिकतम ५० रुपैयाँ) दक्षिणा बैंकले प्रदान गर्नेछ ।

एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीले डेबिट–क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ मार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता र ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५ सय १ रुपैयाँ बराबरको दशैं दक्षिणा प्राप्त गर्न सक्नेछन् ।

लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजेदेखि बेलुका ११ः५९ बजेसम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको बैंकले जनाएको छ ।

बैंकले घटस्थापनादेखि महानवमीसम्म दशैँ उत्सव क्यासब्याक योजना पनि सञ्चालन गरिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको