Like us!
Follow us!
Connect us!
Watch us!

आज सम्म युनिलिभर र सिटिजन्स बैंकको सेयर किने वा नबेचे लाभांश पाइने

अर्थ संसार

बुधबार, २३ असोज २०८१, ०८ : ०४ मा प्रकाशित

आज सम्म युनिलिभर र सिटिजन्स बैंकको सेयर किने वा नबेचे लाभांश पाइने

युनिलिभर नेपाल र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते अन्तिम अवसर रहेको छ । 

युनिलिभर नेपालले असोज २८ गते बुक क्लोज तय गरेको छ भने सिटिजन्स बैंकले २९ गते बुक क्लोज तय गरेको छ । यधपि नेप्सेअसोज २४ देखि २८ गतेसम्म सार्वजनिक बिदाका कारण बन्द हुने र दोस्रो बजार नखुल्ने हुँदा आजसम्म कायम सेयरधनीले मात्रै यी दुई कम्पनीले घोषणा गरेका लाभांश पाउनेछन् ।

युनिलिभर नेपालले गत वर्षको गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरहोल्डरलाई कर सहित प्रतिकित्ता १ हजार ७१४ रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले  कात्तिक १२ गते नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे साधारण सभा डाकेको छ। 

यता,सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ४ प्रतिशत बोनस शेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले कात्तिक १२ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ९ बजेदेखि सभा आवहान गरिसकेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको