नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुनको मूल्य १४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत असोज २३ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ कायम थियो ।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १९ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस