Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो छ देशको आर्थिक स्थिति ?

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : ०३ मा प्रकाशित

कस्तो छ देशको आर्थिक स्थिति ?

नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिति विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा देशको वर्तमान आर्थिक स्थिति सुधारान्मुख देखिएको छ।

तथ्यांकअनुसार देशको मुद्रास्फीति ४ प्रतिशतभन्दा तल झरेको छ भने रेमिट्यान्स १५ प्रतिशतभन्दा बढीले बढेको छ।

यस्तो छ देशको वर्तमान आर्थिक स्थिति

वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।

आयात १.१ प्रतिशतलेबढेकोर निर्यात ५.१ प्रतिशतले घटेको छ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १५.२ प्रतिशतले बढेको छ।

शोधनान्तर स्थिति १०१ अर्ब ७७ करोडले बचतमा रहेको छ।

कुल विदेशी विनिमय सञ्चिति २१५२ अर्ब ५३ करोड र अमेरिकी डलरमा १६ अर्ब ४ करोड रहेको छ।

नेपाल सरकारको खर्च १३७ अर्ब ५५ करोड र राजस्व परिचालन १६६ अर्ब ३९ करोड रहेको छ।

विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले बढेकोछ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.९ प्रतिशतले बढेको छ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.५ प्रतिशतले बढेकोछ र निजी क्षेत्रमा प्रवाहित कर्जा १.४ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.८ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको