Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकले घटायो ब्याजदर

अर्थ संसार

बुधबार, ३० असोज २०८१, ०८ : ३५ मा प्रकाशित

सिटिजन्स बैंकले घटायो ब्याजदर

सिटिजन्स बैंक लिमिटेडले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगतमा ५.७५ प्रतिशत, संस्थागतमा ४.५० प्रतिशत र रेमिट्यान्स खातामा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । हाम्रो कर्णाली मुद्दती योजना र डिजिटल मुद्दतीमा ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यसअघि बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकको आधार दर ८.२५ प्रतिशत रहेको छ । बैंकले कर्जा प्रवाह गर्दा आधार दरमा ४ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको