Like us!
Follow us!
Connect us!
Watch us!

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

अर्थ संसार

बुधबार, ३० असोज २०८१, ०८ : ४९ मा प्रकाशित

डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको पवनदुत यातायातको ना८ख१०७८ नम्बर रात्रिबस अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, उनका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको