Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जा प्रवाह एक खर्ब नजिक, कुन रेन्जको कति ?

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १० : ५२ मा प्रकाशित

सेयर धितो कर्जा प्रवाह एक खर्ब नजिक, कुन रेन्जको कति ?

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता हुँदा सेयर धितो कर्जा क्रमशः बढ्न थालेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा झण्डै १ खर्ब कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले कुल ९९ अर्ब ७६ करोड ५६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन् ।

साउन र भदौ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ९ अर्ब ६७ करोड २४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ । यसलाई हेर्दा चालु आर्थिक वर्षको २ महिनामा १०.७ प्रतिशतले सेयर धितो कर्जा बढेको छ।

कुन रेन्जको कति ?

भदौसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। गत असारसम्म यो रेन्जको कर्जा ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ गएको थियो। 

यसैगरी भदौसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ गएको छ। असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ गएको थियो।

भदौसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३.२ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ३ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.९ प्रतिशतले घटेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको