Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश लहर : ३० म्युचुअल फन्डले घोषणा गरे लाभांश, कसको कति ?

अर्थ संसार

बुधबार, ३० असोज २०८१, १२ : २६ मा प्रकाशित

लाभांश लहर : ३० म्युचुअल फन्डले घोषणा गरे लाभांश, कसको कति ?

लाभांशको सिजन सुरु भएसँगै धमाधम कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरिरहेका छन् ।

लाभांश घोषणा गर्नेमा म्युचुअल फन्डहरुको बाहुलियता रहेको छ । हालसम्म ३० वटा म्युचुअल फन्डले लाभांस घोषणा गरेका छन् ।
यी सबैले बुक क्लोजको मिति तय गरिसकेका छन् । यी मध्ये अधिकांशले त लगानीकर्ताको खातामा नगद लाभांश पनि जम्मा गरिसकेका छन् । 

हालसम्म एनआईसी एशिया बैंक क्यापिटलका ५ वटा, सानिमा बैंक क्यापिटलका ३ वटा र सिद्धार्थ बैंक क्यापिटलको १ वटा, कुमारी बैंक क्यापिटलका ३ वटा योजना, लक्ष्मी सनराइज बैंक क्यापिटलका ५ वटा, आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका २ वटा र एनआइएमबि एस क्यापिटलको १ वटा, एनएमबि बैंक क्यापिटलको २ वटा, प्रभु बैंक क्यापिटलको २ वटा, ग्लोबल बैंक क्यापिटलको १ वटा, नबिल बैंक क्यापिटलको २ वटा, सिटिजन्स बैंक क्यापिटलको ३ वटा म्युचुअल फन्ड गरी कुल ३० वटा म्युचुअल फन्डले प्रतिफल घोषणा गरेका छन् । 

म्युचुअल फन्ड मध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ ।

सानिमा इक्विटी फन्ड

सानिमा इक्विटी फन्डले आफ्ना इकाइधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा ग्रोथ फन्डले १० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा लार्ज क्याप फन्डले पनि १० प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ
सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथले आफ्ना इकाइधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ । कुमारी धनवृद्धि योजनाले आफ्ना इकाइधनीलाई ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । कुमारी इक्विटी फण्डले पनि ९.५ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

कुमारी सुनौलो योजना
कुमारी सुनौलो योजना (खुलामुखी) ले पनि इकाइधनीलाई १०.५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ । ग्लोबल आइएमइइ ब्यालेन्स्ड फन्ड १ ले इकाईधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ ।

सनराइज फोकस्ड इक्विटी फन्ड
सनराइज फोकस्ड इक्विटी फन्डले ४.५ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फन्डले १२.५ प्रतिशत,लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फन्ड–२ ले ४.५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेका छन्। शुभ लक्ष्मी कोष (खुलामुखी)ले इकाइधनीलाई ७.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

एनआइसी एशिया ब्यालेन्स्ड फन्ड
एनआइसी एशिया ब्यालेन्स्ड फन्डले ९.२५ प्रतिशत, एनआइसी एशिया ग्रोथ फन्डले ९.५ प्रतिशत, एनआइसी एशिया डाइनामिक डेप्ट फन्डले १० प्रतिशत, एनआइसी एशिया फ्लेक्सी क्याप फन्डले १०.५ प्रतिशत र एनआइसी एशिया सेलेक्ट ३० फन्डले १४ प्रतिशत प्रतिफल वितरण गर्ने भएका छन् ।

एनआईबिएल ग्रोथ फण्ड
एनआईबिएल ग्रोथ फण्डले इकाईधनीहरुलाई कर सहित ६.३५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

आरविवि मर्चेन्ट बैंकिङ
आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई करसहित क्रमशः ३.८१ प्रतिशत र ८.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

एनएमबि म्युचुअल फन्ड
एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट करसहित इकाइधनीहरुलाई एनएमबि फिफ्टीका लागि १५ प्रतिशत र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ का लागि १०० प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले निर्णय गरेको छ ।

प्रभु म्युचुअल फन्ड
प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेका छन् । जसअनुसार इकाइधनीहरुलाई करसहित सेलेक्टर फन्डमा १० प्रतिशत र स्मार्ट फन्डमा ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

नबिल म्युचुअल फन्ड
नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फन्ड–२ का लागि ८ प्रतिशत र फलेक्सी क्याप फन्डका लागि ५ प्रतिशत करसहित नगद प्रतिफल दिने निर्णय गरिएको छ ।

सिटिजन्स म्युचुअल फन्ड 
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरिएको छ जसअनुसार करसहित फन्ड–१ का इकाइधनीलाई ९ प्रतिशत, फन्ड–२ इकाइधनीलाई ६.५ प्रतिशत र सुपर ३ का इकाइधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको