Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड,आज प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १० : ५२ मा प्रकाशित

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड,आज प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुग्यो

नेपाली बजारमा सुनको मूल्यले दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको छ। 

नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज सुनको मूल्य तोलामा ६सय रुपैयाँले बढेर नँया रेकर्ड बनाएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ४ सय  रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।  यसअघि हिजो बुधबार प्रतितोला छापावाल सुन १ लाख ६१ हजार ८ सय रुयैयाँमा कारोबार भएर रेकर्ड बनाएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलाको १ हजार ९५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि चाँदी सोहि मूल्यमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको