Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारले बढ्ने संकेत देखाएकै हो ?

अर्थ संसार

विहीबार, ०१ कार्तिक २०८१, १४ : ३० मा प्रकाशित

सेयर बजारले बढ्ने संकेत देखाएकै हो ?

सेयर बजार कतिबेला के हुन्छ भनेर कसैले पनि अनुमान गर्न सक्दैन् ।

सेयर बजारका बारे व्यक्तिपिच्छे नै विभिन्न खालका धारणा आइरहेका हुन्छन् । दशैं अगाडि केही साता निरन्तर घटिरहेको बजार दशैं अगाडिको अन्तिम कारोबारका दिनदेखि बढिरहेको छ । दशैं बिदा सकिएपछीका पछील्ला दुई दिन पनि बढेको छ । आज पनि बजार बढिरहेकै छ । 

नँया सरकारसँगै बढेको बजार पछील्ला केहि साता भने निरन्तर घट्यो । घटिरहेको बजारबारे विभिन्न लगानीकर्ताका विभिन्न धारणा सामाजीक सञ्जालमा छताछुल्ल देखिए ।  कतिपयले अर्थमन्त्रीको नामले मात्रै बजार बढेकाले बजार घट्न थालेको र सम्रग अर्थतन्त्रमा सुधार नआएसम्म बजार नबढ्ने भनिरहे भने कतिपयले बजारमा करेक्सन देखिएको दशैं नजिक भएर बजार फेस्टिभ मुडमा चलेको बताए । 

तर, अब दशैं बिदा सकियो बजार बढ्छ कि घट्छ  ? यसबारे भने कतिपय नवप्रवेशि लगानीकर्ता अन्योलमा छन् ।

हुनत बजार घट्ने बढ्ने बिषयमा यस्तै हुन्छ भनेर यकिनका साथ भन्न सकिदैन् तर पनि केहि आधारहरु हुन्छन जसले बजार घट्छ कि बढ्छ भनेर केहि हदसम्म अनुमान गर्न भने सहयोग गर्छ । 

अहिलेको अवस्थामा भने बजारका लागी केहि सकारात्मक आधारहरु नै देखिन्छन् जसले बजार बढ्नेतिरै संकेत गर्छ । 
सबैभन्दा पहिला सेयर बजारमा जहिलेपनि बैंकको ब्याजदरको प्रभाव पर्छ । अहिले बैंक तथा वित्तीय संस्थामा बैंकहरुको ब्याजदर घट्दै गइरहेको छ । बैंकको ब्याजदर कात्तिक महिनामा पनि घटेको छ । लाभांश सिजन रहेको छ । कम्पनीहरुले लाभांश घोषणा गरेर साधारण सभा बोलाएका छन् । 

यस्तै, राष्ट्र बैंकले ल्याएको बजार मैत्री नीतिले पनि बजार बढ्नेतीर नै संकेत गर्छ । लगानीयोग्य पूँजी पर्याप्त छ भने सहज रुपमा कर्जा पाउने अवस्था छ । सरकार पनि सेयर बजार प्रति सकारात्मक छ । यस्ता कारणले पनि बजारले लय समात्ने देखिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको