Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

बुधबार, ०२ जेठ २०८१, ११ : १८ मा प्रकाशित

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबार नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ  ।  मंगलबार प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार १ हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको