Like us!
Follow us!
Connect us!
Watch us!

लामिछाने पक्राउ बारे सूचना प्रकाशित गर्दै संसद सचिवालयले दियो जानकारी

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, ०९ : १८ मा प्रकाशित

लामिछाने पक्राउ बारे सूचना प्रकाशित गर्दै संसद सचिवालयले दियो जानकारी

संघीय संसद सचिवालयले सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विषयमा सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।

संसद सचिवालयले चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य रबि लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमति बमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएकोले नेपालको संविधानको धारा १०३ को उपधारा (६) बमोजिम जिल्ला प्रहरी कार्यालय, कास्की, अपराध अनुसन्धान तथा कारवाही शाखाले जानकारी गराएको उल्लेख गर्दै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको जनाएको छ ।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (२) मा संसद बैठक नचलेको अवस्थामा सांसद पक्राउ परेमा सचिवालयको सूचना पाटीमा टाँसेर सार्बजनिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

लामिछानेलाई सहकारी ऐनले परिभाषित ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा  अनुसन्धान गर्न अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको थियो । उनलाई अहिले पोखरा पुर्याइएको छ भने आइतबार अदालतमा पेश गर्ने जानकारी दिइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको