Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा आज पनि नँया रेकर्ड, तोलाको १ लाख ६५ हजार

अर्थ संसार

आइतबार, ०४ कार्तिक २०८१, १० : ५५ मा प्रकाशित

सुनको मूल्यमा आज पनि नँया रेकर्ड, तोलाको १ लाख ६५ हजार

नेपाली बजारमा आजा पनि सुनको मूल्यले नँया रेकर्ड बनाएको छ ।  दैनिकजसो बृद्धि हुन थालेको सुनको मूल्यले आज ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत शुक्रबार सुन तोलामा १ लाख ६४ हजार ४ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ९५ रुपैयाँले बढेर २ हजार ७५ रुपैयाँमा कायम भएको छ। यो चाँदीको हालसम्मकै उच्च मूल्य हो। गत शुक्रबार चाँदी तोलाको १ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको