Like us!
Follow us!
Connect us!
Watch us!

विश्व लगानीकर्ता सप्ताह आजदेखि शुरू

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १० : १४ मा प्रकाशित

विश्व लगानीकर्ता सप्ताह आजदेखि शुरू

आजदेखि अन्तर्राष्ट्रिय धितो पत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) ले विश्व लगानीकर्ता सप्ताह २०२४ शुरू गर्न लागेको छ ।यो कार्यक्रम कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ।

बोर्डले कुल १२८ देश र १३ संस्थाहरूको सहभागितामा यो सप्ताहको आठौँ संस्करण सञ्चालन गर्ने योजना बनाएको छ। यस संस्करणमा लगानीका आधारभूत कुराहरू, प्रविधि तथा डिजिटल वित्त, दिगो वित्त, र धोखाधडी तथा घोटाला रोकथामजस्ता मुख्य विषयवस्तुहरू समावेश गरिने बताइएको छ।

यस सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना, र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु हो । यस अभियानले विभिन्न देशहरूमा लगानीकर्ताहरूलाई सही निर्णय लिन सहयोग पुर्याउने र बजारमा हुने जोखिमबाट बच्न शिक्षित बनाउने विश्वास गरिन्छ । यसले लगानीकर्ताहरूको सचेतनालाई थप वृद्धि गर्ने बोर्डले जनाएको छ ।

सप्ताहमा लगानीका आधारभूत सिद्धान्तहरू, जोखिम व्यवस्थापन र नयाँ लगानीका अवसरहरूको बारेमा पनि छलफल हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको