Like us!
Follow us!
Connect us!
Watch us!

सुन तोलाको १ लाख ६६ हजार नजीक, किन बढिरहेको छ मूल्य ?

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, ११ : ०७ मा प्रकाशित

सुन तोलाको १ लाख ६६ हजार नजीक, किन बढिरहेको छ मूल्य ?

पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । 

अन्तर्राष्ट्रिय बजारमा आइतबार मूल्य प्रतिऔंस मूल्य प्रतिऔंस ०.३८ प्रतिशत अर्थात १०.४२ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७३१ डलर कायम भएको छ । एक औंस भनेको २.४३ तोला हो ।

यसको प्रभावले नेपाली बजारमा तोलाको १ लाख ६५ हजार ९ सय रुपैयाँ कायम भयो । नेपाली बजारको मूल्य पनि यो इतिहासकै उच्च हो । मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।  यसअघि सोमबार सुन प्रतितोला १ लाख ६५ हजार ६ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य मंगलबार २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतीतोला १ हजार ९५ रुपैयाँमा भएको थियो ।

किन बढिरहेको छ सुनको मूल्य? 

सुनको मूल्य बढ्नुमा विभिन्न कारण छन्। मध्यपूर्वी युद्ध र अमेरिकी चुनावको नतिजाले सुनको मूल्य बढेको देखिन्छ । 
त्यस्तै,अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्य बढाउन सहयोग गरिरहेको छ । अमेरिकी केन्द्रीय बैंकले अब ब्याजदर घटाउँदै लैजाने रणनीति लिएको छ, यसले गर्दा सुनको माग बढेको छ । 
रुस–युक्रेन युद्ध र त्यसले निम्तिएका संकट, विश्वका केन्द्रीय बैंकको उच्च भण्डारण, अमेरिकामा घट्न थालेको ब्याजदर र पछिल्लो समय इरान–इजरायल युद्धले सुनको मूल्य बढाउँदै लगेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको