Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले अपराध  मानेको  ‘मनी म्युल’ के हो ?

अर्थ संसार

मंगलबार, ०६ कार्तिक २०८१, १४ : ५२ मा प्रकाशित

राष्ट्र बैंकले अपराध  मानेको  ‘मनी म्युल’ के हो ?

नेपाल राष्ट्र बैंकले ‘मनी म्युल’ एक गम्भीर वित्तीय अपराध भएको भन्दै यस्तो जालमा नपर्न र सचेत रहन आग्रह गरेको छ । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि जारी गरेको सूचनामा बैंक खाता वा वालेट खाता अरू व्यक्तिलाई प्रयोग गर्न नदिन सुझाव दिएको छ ।

के हो ‘मनी म्युल’ ?

मनी म्युलको परिभाषा मनी म्युल भनेको अरू व्यक्तिहरूले आफ्नो बैंक खाता वा वालेट खाता अपराधका लागि प्रयोग गर्न दिनु हो, जसबाट अपराधीहरूले आपराधिक कार्यबाट आर्जित रकमलाई बैंक खातामा जम्मा गर्छन्, रकमान्तर गर्छन् वा नगदमा झिक्छन्।

अपराधीहरूले विभिन्न माध्यमहरू जस्तै ईमेल, फेसबुक म्यासेन्जर, भाइबर, ह्वाट्सएप, टेलिग्राम, फोन वा म्यासेजमार्फत छिटो र आकर्षक आम्दानीका प्रस्तावहरू पठाएर खाताको गोप्य विवरण लिन प्रयास गर्छन् र  तपाइँको खाता प्रयोग गरेर तपाइँलाई पनि अपराधको साझेदार बनाउन सक्छन्,जसलाई मनी म्युल भनिन्छ ।

यस्तो गतिविधि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित वित्तीय अपराध भएको र यसमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही हुने राष्ट्र बैंकले जनाएको छ । यस्तै, बैंकले आफ्ना बैंक खाता वा वालेटको जानकारी कसैलाई नदिन र जिम्मेवार वित्तीय व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको