राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले आफूहरू आफ्नो नेता रवि लामिछानेलाई छुटाउन पोखरा नआएको बताएका छन् । बिहीबार कास्कीमा पत्रकार सम्मेलन गर्दै झाले यस्तो बताएका हुन् ।
उनले भने, ‘हामी एउटा कानुनी प्रक्रिया अनुसार होस्, राजनीतिक प्रतिशोध नहोस् भनेर आएको हो,राजनीतिक प्रतिशोध छ म प्रमाणित गर्न सक्छु ।’
यस्तै, रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएका छन् ।
उनले रास्वपाको प्रदर्शनमा एउटा बिरुवा पनि नकुल्चेर प्रदर्शन भन्दै कोही प्रदर्शनका क्रममा कोही घाइते समेत नभएको भन्दै सहकारी पीडितहरूलाई काँग्रेस एमालेको भर नपर्न आग्रह गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस