Like us!
Follow us!
Connect us!
Watch us!

रवि र छविको म्याद थप सम्बन्धी बहस जारी, समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन

अर्थ संसार

विहीबार, ०८ कार्तिक २०८१, १२ : ५७ मा प्रकाशित

रवि र छविको म्याद थप सम्बन्धी बहस जारी, समर्थक र पीडितको छुट्टाछुट्टै प्रदर्शन

सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशीको म्याद थप सम्बन्धी बहस जारी रहेको छ । 

कास्की जिल्ला अदालतका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासमा बहस चलिरहेको हो । 

म्याद थप भइरहँदा दालत नजिकै रास्वपाका कार्यकर्ता र पीडितहरुले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् भने ति स्थानमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।  रवि कात्तिक ६ र छवि असोज ६ मै काठमाडौँबाट पक्राउ परेका थिए । 

रास्वपा र सहकारी पीडितको प्रदर्शनले अवरोध हुनसक्ने भन्दै अदालत खुले लगत्तै उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो ।

आइतबार अदालतले लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई ६ दिनको समय दिएको थियो । उक्त समय आजबाट सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो । लामिछानेलाई गत शुक्रबार काठमाडौं स्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरि पोखरा ल्याइएको थियो ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको