Like us!
Follow us!
Connect us!
Watch us!

१४३ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

अर्थ संसार

शुक्रबार, ०९ कार्तिक २०८१, १० : ०० मा प्रकाशित

१४३ प्रतिशतले बढ्यो हिमालयन लघुवित्तको नाफा, अन्य सूचकको अवस्था कस्तो ?

हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण  सार्वजनीक गरेको छ । 

खुद नाफा

असोज मसान्तसम्ममा लघुवित्तले खुद नाफा १४३ प्रतिशतले बढाएर १ करोड ३४ लाख रुपैयाँ पुगाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १० लाख ८६ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी/खुद फि तथा कमिशन

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ८.३४ प्रतिशत घटेको छ ।

कुल सञ्चालन आम्दानी/सञ्चालन मुनाफा

त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १७.७७ प्रतिशत र सञ्चालन मुनाफा १ हजार १४२.५३ प्रतिशत बढेको छ।

इम्पेरमेन्ट चार्ज

लघुवित्तको इम्पेरमेन्ट चार्ज ६३ लाखबाट घटेर ११ लाखमा सीमित भएसँगै सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो

प्रतिसेयर आम्दानी

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १५ रुपैयाँ ५२ पैसा बढेर १६ रुपैयाँ ८८ पैसा पुगेको छ ।

प्रतिसेयर नेटवर्थ/मूल्य आम्दानी अनुपात

असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ५६.३३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३१ पैसा रहेको छ।

चुक्ता पूँजी/जगेडा कोष

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १५ करोड ८९ लाख रुपैयाँ रहेको छ।

निक्षेप तथा/कर्जा लगानी

असोज मसान्तसम्ममा लघुवित्तले ४ अर्ब ४६ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको