Like us!
Follow us!
Connect us!
Watch us!

मन्त्रिपरिषद बैठक बस्दै: डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा छलफल हुने

अर्थ संसार

मंगलबार, १३ कार्तिक २०८१, ११ : ४३ मा प्रकाशित

मन्त्रिपरिषद बैठक बस्दै: डेडिकेटेड ट्रंकलाइन बक्यौता विवादमा छलफल हुने

आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । बैठक मंगलबार (आज) ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । 

आजको बैठकमा ट्रंकलाइन र डेडिकेटेड विद्युतसम्बन्धी विवादबारे छलफल हुने जनाइएको छ । साथै समसामयिक विषयमा पनि छलफल हुनेछ ।

बिहीबार राति प्राधिकरणले बक्यौता नतिरेको भन्दै ३४ वटा उद्योगको लाइन काटेको थियो । अहिले १२ वटा कम्पनीले बक्यौता तिरेपछि लाइन जोडिएको छ । ४९ उद्योगमध्ये ७ वटाले स्टे अर्डर लिएका छन् । २ वटा सरकारी उद्योगको लाइन काटिएको छैन् ।

नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच विवाद चलिरहेको छ । उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंक लाइनको प्राधिकरणसँग प्रमाण नभएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् । उनीहरुले प्रमाण दिए बक्यौता तिर्ने बताउदै आएका छन्।

शनिबार उद्योगीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए । भेटमा उनीहरुले यो समस्या समाधान गरिदिन माग गरेका थिए । ओलीले उद्योगीहरु मर्कामा परेको भन्दै दिर्घकालीन समाधान दिने बताएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको