Like us!
Follow us!
Connect us!
Watch us!

स्वर्णिम वाग्लेले हिरासतमा लामिछानेलाई दिए पुस्तक उपहार

अर्थ संसार

शनिबार, १७ कार्तिक २०८१, २१ : ०४ मा प्रकाशित

स्वर्णिम वाग्लेले हिरासतमा लामिछानेलाई दिए पुस्तक उपहार

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।

सो भेटवार्ताबारे जानकारी दिँदै वाग्लेले अहिलेसम्म लामिछानेलाई सहकारीभन्दा पनि कम्पनी ऐनतर्फ लक्षित गरेर ८० वटा सामान्य प्रश्नको बयान लिईएको स्पष्ट पारेका छन् ।

उनले सभापति लामिछानेको मनोबल उच्च रहेको पाएको पनि खुलाएका छन् । सो क्रममा लामिछानेले ‘अर्को तीन वर्ष ओली–राणा–देउवाकै सेरोफेरोमा शासन चल्दा देशको के बेहाल हुने होला ?’ भनेर प्रश्न गरेका छन् ।

लामिछानेको उक्त प्रश्नको उत्तरमा फरिद जकारियाद्धारा लिखित नयाँ पुस्तक ‘एज अफ रिभोलुसन्स’ दिएको पनि जनाएका छन् । उनले तिहार र छठपछि सुशासनको बृहत्त एजेण्डामा नयाँ शक्तिहरु गोलबद्ध हुनुपर्ने देखिएको उल्लेख गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको