Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै

अर्थ संसार

मंगलबार, २० कार्तिक २०८१, १० : ३४ मा प्रकाशित

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिदै

गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछानेलाई आज म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइने भएको छ ।

सहकारी ठगि, संगठित अपराधमा पक्राउ परेका लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा लगिने भएको हो ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उनको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ ।

पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको समेत साथ लिएर लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको छ ।

आज म्याद थपपछि लामिछानेलाई बयानको लागि रुपन्देही लैजाने प्रहरीको तयारी छ । रुपन्देही जिल्ला अदालतले यसअघि नै लामिछानेलाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको