नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई हल्ला नगर्न आग्रह गरेका छन्।
धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले यस्तो आग्रह गरेका हुन् । मुद्दा लागेको कुरा अदालती विषय भएको बताउँदै देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कहिल्यै पनि हो हल्ला नगरेको बताए ।
उनले भनेका छन्, ‘हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो–हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस