Like us!
Follow us!
Connect us!
Watch us!

नेता - कार्यकर्ता एकबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ - शेरबहादुर देउवा

अर्थ संसार

सोमबार, २१ माघ २०८१, १६ : ४८ मा प्रकाशित

नेता - कार्यकर्ता एकबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ - शेरबहादुर देउवा

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताबद्ध भएर अगाडि बढे यही व्यवस्थामै पार्टीले एकल बहुमत ल्याउनसक्ने बताएका छन् ।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार पोखरामा आयोजना गरेको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पार्टी सभापति देउवाले यस्तो बताएका हुन् ।

उनले भने, ‘कुनै एउटा पार्टीको बहुमत आउन गाह्रो छ । हामीले तैपनि सबैभन्दा ठूलो पार्टी बनाएका छौं । भोलिका दिनमा बहुमत ल्याउन सकिन्छ । त्यसकारण भोलिका नेताहरु, जसले यो पार्टीलाई हाक्नुपर्नेछ, बनाउनुपर्छ, उहाँको काँधमा ठूलो जिम्मेवारी आएको छ । पार्टीमा एकता जरुरी छ, सबैलाई साथ लिएर हिँड्न जरुरी छ । चुनौतीको सामना गर्न पनि एक हुनुपर्छ । हाम्रो देशमा सुन्दर राजनीति छ, समानुपातिक र समावेशी छ । यो उत्तम व्यवस्था हो ।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको