Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको मूल्यांकन ६ महिनामै गर्न मिल्दैन - देउवा

अर्थ संसार

शुक्रबार, १८ माघ २०८१, १५ : ०७ मा प्रकाशित

सरकारको मूल्यांकन ६ महिनामै  गर्न मिल्दैन - देउवा

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालको सरकार सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरेका छन् ।

शुक्रबार सुरु भएको संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

देउवाले सरकारका कामप्रति विश्वास व्यक्त गरे ।

देउवाले भने, ‘सरकार सकारात्मक रूपमा अघि बढिरहेको छ । आगामी दिनमा पनि प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास लिएको छु, कुनै पनि सरकारको समग्र मूल्यांकन गर्न छ महिनाको अवधि पर्याप्त हुँदैन । तर, सरकारले हालसम्म गरेका कामहरू सकारात्मक छन् । त्यसैले भविष्यमा राम्रो परिणाम आउने मेरो अनुभव र अनुभूति छ ।’

साथै, उनले नेकपा एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको