Like us!
Follow us!
Connect us!
Watch us!

काँग्रेस सधैँ समावेशी लोकतन्त्रको पक्ष छः देउवा

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, १० : ४३ मा प्रकाशित

काँग्रेस सधैँ समावेशी लोकतन्त्रको पक्ष छः देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सधैँ समता, न्याय र समावेशी लोकतन्त्रको पक्षमा वकालत गर्दै आएको बताएका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले  यस्तो बताएका हुन् ।

उनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारलाई सुनिश्चित गर्दै उनीहरूको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई अझ व्यापक बनाउन काँग्रेस सदैव प्रतिबद्ध रहेको बताए ।

सभापति देउवाले दिवसका अवसरमा सम्पूर्ण अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार तथा यस अभियानमा संलग्न सबैप्रति शुभकामना व्यक्त गरेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको