Like us!
Follow us!
Connect us!
Watch us!

जिउँदो रहेसम्म रवि लामिछाने नै पार्टी सभापति ,जेलमै बसेर पार्टी चलाउनुहुन्छ: डीपी अर्याल

अर्थ संसार

आइतबार, २५ कार्तिक २०८१, १५ : ५१ मा प्रकाशित

जिउँदो रहेसम्म रवि लामिछाने नै पार्टी सभापति ,जेलमै बसेर पार्टी चलाउनुहुन्छ: डीपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद (डीपी) अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति नै रहने बताएका छन् । 

रविलाई छुटाउन पोखरामा भएको प्रदर्शनको क्रममा उनले उक्त कुरा बताएका हुन् । रास्वपाले अर्को सभापतिको कल्पना समेत नगरेको उनको भनाई छ ।

उनले भने,‘म यहाँहरुलाई यो मन्चबाट के भन्न चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामीछाने जिउँदो रहेसम्म रवि लामिछाने नै हो’ यसमा कसले कार्यबाहक सभापति पाउँछ, पाउँदैन गौण कुरा हो । त्यसकारण यहाँहरुलाई विश्वस्त पार्न चाहन्छु । उहाँ जहाँ बस्नुहुन्छ । हिरासत रहनुहोला । जेलमा रहनुहोला । रास्वपाको सभापति रवि लामिछाने नै हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको