Like us!
Follow us!
Connect us!
Watch us!

एमालेलाई जग्गादान विरुद्धको रिट ‘हेर्न नमिल्ने’

अर्थ संसार

सोमबार, २६ कार्तिक २०८१, १४ : ०५ मा प्रकाशित

एमालेलाई जग्गादान विरुद्धको रिट ‘हेर्न नमिल्ने’

एमालेलाई भाटभटेनीका मालिक मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्ध सर्वोच्च अदालतमा परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। 

रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू न्यायाधीश नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा तोकिएको थियो । तर पेसी उक्त इजलासले हेर्न नमिल्नेमा राखेको छ ।

यसअघि कात्तिक ८ गते पनि रिट सुवेदीको इजलासमा परेको थियो । त्यतिबेला पनि हेर्न नमिल्ने भन्दै पेशी स्थगित गरिएको थियो ।यसअघि एमालेलाई जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो।

विवादास्पद व्यक्तिले दिएको दान लिनु गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न माग गरेर अधिवक्ता ज्ञानबहादुर बस्नेतसमेतले रिट दायर गरेका थिए। व्यवसायी मीनबहादुर गुरूङ दम्पत्तिले १० रोपनी १४ आना जग्गा प्रधानमन्त्रीको दल नेकपा एमालेलाई दानमा दिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको