Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सको बोनस सेयरधनीहरुको डिम्याट खातामा जम्मा

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०८ : ४१ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सको बोनस सेयरधनीहरुको डिम्याट खातामा जम्मा

एनएलजी इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरुको बोनस सेयर डिम्याट खातामा जम्मा गरेको छ । 

कम्पनीले गत फागुन ३ गते सम्पन्न भएको १८औं वार्षिक साधारण सभाले पारित गरेको ५ दशमलव ५० प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै माघ २४ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको बोनस सेयर सम्बन्धित डिम्याट खातामा जम्मा गराएको जनाएको छ । 

हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका सेयरधनीले सेयर अभौतिकीकरण गराएपछि मात्रै सेयरधनीको सम्बन्धित डिम्याट खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

तेस्तै, माघ २४ गतेसम्म यस कम्पनीको सेयरधितो बन्धक राखि कर्जा लिएका सेयरधनीको हकमा भने बोनस सेयर कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाई सेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरेको छ ।साथै सो मिति पश्चात रोक्का राखिएका सेयरधनीको बोनस सेयर सम्बन्धीत डिम्याट खातामा रोक्का नजनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थाले उक्त सेयरधनीको सेयर रोक्का रहे नरहेको यकिन गरी रोक्का राख्नुपर्ने भए बोनस सेयर समेत रोक्का राख्नेतर्फ आवश्यक पहल गर्न आग्रह गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको