Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १५ : १३ मा प्रकाशित

दोहोरो अंकले बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार

दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड १४ लाख २४ हजार १०० कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ ।आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको