पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवाबाट पोखरा पुर्याइएको छ। । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सभापति लामिछानेलाई पोखरा पुर्याइएको हो ।
उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
उनको बयान बिहीबारै सकिए पनि मौसम प्रतिकूलताका कारण लैजान समस्या भएको थियो। शुक्रबार पनि मौसम प्रतिकूलताका कारण दिउँसो सवा १ बजे मात्रै भैरहवाबाट विमान पोखराका लागि उडेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस