Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको केन्द्रीय समिति बैठक आज, रवि लामिछाने प्रकरणदेखि महाधिवेशन तयारीसम्म छलफल

अर्थ संसार

आइतबार, ११ जेठ २०८२, ११ : ३३ मा प्रकाशित

रास्वपाको केन्द्रीय समिति बैठक आज, रवि लामिछाने प्रकरणदेखि महाधिवेशन तयारीसम्म छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज आइतबार दिउँसो २ बजे बस्दैछ। बैठकका लागि चारवटा प्रमुख कार्यसूची तय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

बैठकमा प्रमुख रूपमा पार्टी सभापति रवि लामिछानेमाथि लागेको मुद्दा प्रतिशोधपूर्ण र झूटा रहेको निष्कर्षसहित सर्वोच्च अदालतको आदेश र त्यसपछिका सम्भावित प्रक्रिया बारे विस्तृत छलफल हुने जनाइएको छ।

त्यस्तै अध्यागमन विभागमा भिजिट भिसाको नाममा भएको रकम असुली प्रकरणबारे पनि बैठकमा समसामयिक बहस हुनेछ। यसअघि शनिबार भर्चुअल बैठकमार्फत रास्वपाले गृहमन्त्री रमेश लेखकले राजीनामा दिई छानबिनमा सघाउनुपर्ने निष्कर्ष निकालेको थियो।

बैठकको अर्को कार्यसूची पार्टीको आगामी कार्यदिशा र महाधिवेशन लक्षित क्यालेन्डर सम्बन्धी हुनेछ। रास्वपाले वैशाखमा गर्ने भनिएको महाधिवेशन अब आगामी फागुनमा सार्ने निर्णय गरेको छ। त्यसअनुसार वडा र पालिका तहका अधिवेशनहरूमा प्राथमिकता दिइनेछ।

यसका साथै पार्टीको तेस्रो स्थापना दिवस (असार ७) का कार्यक्रमबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको