Like us!
Follow us!
Connect us!
Watch us!

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन: गृहमन्त्री लामिछाने

अर्थ संसार

बुधबार, १४ चैत्र २०८०, १५ : ०१ मा प्रकाशित

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । 

जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले अदालतमा दर्ता भएको मुद्दामा आफू प्रतिवादी नरहेको  । 

'सहकारी प्रकरणमा मेरो नाम छ भनिएको छ । त्यहाँ मेरो नामबाहेक केही छैन । अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन । जाहेरी सूचनाको रूपमा प्रहरीमा दर्ता रहेको छ । यो कांग्रेस सरकारमा रहँदा भएको कुरा हो ।' 

उनले आफूले अनुसन्धानलाई कुनै किसिमले प्रभावित नपार्ने बताए ।'मन्त्रीले अनुसन्धान प्रभावित पार्ने होइन । निर्देशन दिने पनि होइन । संयन्त्र छ जो हामीले बनाएका हौँ । भोट हालेको मान्छेले ठग्यो भन्लान् जहाँ प्रश्न उठ्छ त्यहाँ जवाफ दिनुपर्छ ।'  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको