Like us!
Follow us!
Connect us!
Watch us!

'जनता र देशलाई केन्द्रमा राखेर बालेनसँगको वार्ता ५ मिटेनमै टुंगाएको थिएँ'

अर्थ संसार

सोमबार, ०५ माघ २०८२, १६ : ३६ मा प्रकाशित

'जनता र देशलाई केन्द्रमा राखेर बालेनसँगको वार्ता ५ मिटेनमै टुंगाएको थिएँ'

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालेन शाहसँगको आफ्नो भेटवार्ता पाँच मिनेटमै टुंगिएको बताएका छन्। जनकपुरमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै उनले पाँच मिनेटमै वार्ता सकिए पनि बाँकी समय एकअर्कालाई बुझ्न खर्चिएको बताए।

उनले भने, ‘जब देशलाई केन्द्रमा राखिन्छ त्यस बेलामा वार्ताको कुनै नाटक गरिराख्नु पर्दैन। आफ्नो हितलाई र केन्द्रमा राख्यो भयो भने मात्रै हो वातै वार्ता हुने र भाँडिने।’

उनले आफूहरू देशको हित र जनताको चाहना अनुसार एक ठाउँमा आएको बताए। उनले बालेनले देश बनाउने कुरामा आफू विश्वस्त गरेको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको