Like us!
Follow us!
Connect us!
Watch us!

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को तयारी पुरा

सोमबार, १० पुस २०७४, १० : ०३ मा प्रकाशित

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को तयारी पुरा

मेलाको पर्वद्धकमा वरिष्ठ कलाकार निर शाह

 फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ हरेक वर्ष जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको बिदितै छ ।

यो प्रदर्शनी स्वदेशी उत्पादनहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा समेत परिचित गराउदै  स्वदेसी उत्पादनको प्रवद्र्धन र विकासको लागी पहिलो खुड्किलोको रुपमा स्थापीत भएको छ ।

बर्षौ देखिको राजनितीक अस्थिरता र अस्थिर सरकारको कारणले मुलुकको पुरै औद्योगीक एवं ब्यवसायीक गतिबिधि लाई समेत प्रत्यक्ष्ँ प्रभाव पार्ने गरेकोे सर्व बिदितै छ तथापी मुलुकमा भर्खरै सबैतहको निर्बाचन सफलता पूर्वक सम्पन्न भएको छ र अव स्थिर सरकारको निर्माण भई मुलुकलाई औद्योगीकरण तर्फ अगाडी बढाउने छ भन्ने आशा राख्दै हामी आम उद्यमीहरुले आफ्नो औद्योगीक गतिबिधिलाई निरन्तरता दिन जरुरी छ ।

गत बर्ष भृकुटीमण्डपको ठूलो चौरमा दुईवटा डोममा स्टल निर्माण गरि १३औं औद्योगिक प्रदर्शनी सम्पन्न गरेका थियौं । तर यस बर्ष हामीले फेरी भृकुटीमण्डप स्थित मुख्य प्रदर्शनी हलमा १४र्औ जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी आयाजना गर्दैछौं ।

यो प्रदर्शनीमा जम्मा १३५ वटा स्टल रहनेछन जसमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगहरु , छाला जन्य बस्तु उत्पदकहरु, र यस उद्योग हरुकालागी कच्चापदार्थ उत्पादन गर्ने उत्पादक तथा बितरक हरुको समेत सहभागीता रहने छ ।जसमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योग संग सम्बन्धित कच्चा पदार्थहरुतथा फुड स्टलहरु रहनेछन् ।

नेपाली जुत्ता चप्पल र छालाजन्य वस्तुहरुको वर्तमान अवस्था :

नेपाली जुत्ताचप्पल उत्पादन क्षेत्र बारे अनसन्धान प्रतिबेदन २०७४अनुसार ठूला तथा मझौला उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताभएका २२९, घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत दर्ता भएका ९३२,लेडिज चप्पल उत्पादक हरु १४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित २००  गरि कुल१५०१ उद्योगहरु रहेका छन ।

यी उद्योगहरुमा ५० हजारको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ त्यस मध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन । यी उद्योगहरुमा करिव रु.१९ अर्व ९४ करोड बरावरको लगानी रहेको छ ।

यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेता पनि हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन भएकोे छ । देशमा बिद्यमान प्रतिकुल बातावरणका कारणले उद्योगहरुले आफ्नो पूर्णक्षमतामा उत्पादन गर्न असमर्थ भएको छ तसर्थ कुल उत्पादन क्षमताको ३९.२६% मात्र उत्पादन भएको देखिन्छ ।

त्यस मध्ये स्कूल, कलेज, सेक्यूरीटी गार्ड मा प्रयोग गरिने जुत्ता चप्पल अधिकांश स्वदेशी नै प्रयोग गरेको पाईन्छ । तथापीउद्योगहरुपूर्ण क्षमतामा चल्न नसक्नु दुःखदको कुरा हो। आ.व. ०७२/०७३को तथ्याङ्क अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो जस मध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको थियो । तसर्थ स्वदेशी उत्पादनले कुल खपतको ५०.२२% हिस्सा ओगटेकोदेखिन्छ ।

तर यो कुल उत्पादन एव खपतको प्रतिशत बिनाशकारी भकम्प एंव नाकाबन्दी अगाडी ६५∞ रहेकामा उक्त बिनाशकारी भुकम्प एव नाकाबन्दी पश्चात हामी ५०.२२ ∞ मा खुम्चन पुगेका थियौ । जुन अव क्रमश पुन पुरानै अवस्थामा र्फकने  क्रममा छौ ।


दक्षीण तर्फको खुल्ला सिमाना वाट अनियन्त्रित रुपमा जुत्ता चप्पलहरु चोरी पैठारीनहुने होर तयारी बस्तुको आयातमा न्यूनबिजकिकरणनहुने हो भने नेपाली जुत्ताचप्पल उद्योहरुको प्रतिस्पर्धि क्षमतामा ब्यापक बुद्धि भई उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन सक्ने थियो ।

यति हुदा हुदै पनि नेपाली जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरु को क्षेत्रमा सुनौला सम्भावनाहरु पनि श्रृजना भएकाछन् । नेपाली जुत्ता चप्पल स्वदेशमा मात्र नभइ विदेशमा पनि आकर्षणको रुपमा रहेकोछ ।

गतबर्ष नेपाल सरकारले NTIS   बिदेश अन्तर्गत निकाशी हुन १२ वटा बस्तुहरु मध्य नेपाली जुत्ता चप्पल तथा छालाका बस्तुहरु पनि निर्यात जन्य बस्तुको रुपमा सुचिकृत गरेको छ ।

जस अन्तर्गत GIZ नेपाल संगको सहकार्यमा उद्यमी हरुलाई निर्यातको बारेमा जनचेतना जगाउने, अन्तर्राष्ट्रिय औद्योगीक अवलोकन, गुणस्तरीय उत्पादन सम्बन्धि प्रशिक्ष्ँण, दक्ष जनशक्ति उत्पादनार्थ आवश्यक पाठ्यक्रम तयार गर्ने, जुत्ता चप्पलको बास्तविक स्थितीको जानकारीको लागी राष्ट्रिय सर्वे लगायतका प्रारम्भिक कार्यहरु यस बर्ष सम्पन्न भएको छ । आगामी बर्ष यसले अझ प्रभावकारी भूमिका खेल्नेकुरामा हामी बिश्वस्त छौं ।

प्रदर्शनीको मुख्य उद्देश्य :

नेपाल भरि छरिएर रहेका उद्योगहरु बाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिस्पर्धि मुल्यमा खरीद गर्ने अवसर प्राप्त हुने ।

उद्योगलाई आवश्यक पर्ने सहायक कच्चा पदार्थ उपलव्ध गराउने व्यक्ती र उद्योगी, उद्योगी र उपभोक्ता, उद्योगी र व्यापारी, नीति नियम बनाउने सरकारी निकाय र त्यसलाई पालन गर्ने उद्यमी, राजनीतिज्ञ र उद्यमी, संचार क्षेत्रका संचारकर्मी र उद्यमी  एकै साथ एकै ठाउमा भेला भई एक अर्काका समस्या सुन्ने र सुनाउने अवसर प्रदान गर्ने साझा मञ्चको  रुपमा स्थापित गराउनु समेत यो औद्योगिक प्रदर्शनीका मूख्य उद्देश्यहरु हुन ।

प्रदर्शनीकोमूल नारा :

“आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग” यस प्रदर्शनीको मूल नारा रहेको छ । प्रदर्शनीले  स्वदेशी व्राण्डलाई अनुशासित र मर्यादित वनाउनका निमित्त यो नारालाई महत्वका साथ उठाई रहेको छ ।

नेपाली उपभोक्तालाई स्वदेशमा उत्पादित स्वदेशी व्राण्ड प्रति सजग र सचेत गराउदै विना व्राण्डका वस्तुहरु प्रति विश्वास नगरी व्राण्डेड वस्तुहरु मात्र गुणस्तरीय र उचित मूल्यका हुन्छन् भन्ने विश्वास दिलाउन यो नारालाई प्रदर्शनीको मुख्य नारा बनाईएको छ ।यस संघले बार्षिक रुपमा आयोजना गर्ने गरेको एकल औद्योगीक प्रदर्शनी बाहेक हुने गरेका बिभिन्न सेल–मेला हरुमा यस संघको कुनै संलग्नता नरहेको पनि पत्रकार मित्रहरु लाई जानकारी गराउन चाहन्छु ।

भृकुटीमण्डप स्थित सानो चौरमा हुने गरेका बाह्रमासे जुत्ताचप्पल सेल मेलाले अन्तत धेरैमेहनत पश्चात नेपाली जुत्ताचप्पल प्रति प्राप्त भएको उपभोक्ताहरुको मायातथा सदभाव, बितृष्णामा परिवर्तन हुने खतरा रहेको पनि जानकारी गराउन चाहन्छौ । साथै यस वर्षको प्रदर्शनिमा प्रर्वधकका रुपमा वरिष्ठ कलाकार निर शाह रहनुभएको छ ।

प्रदर्शनीका मुख्य आकर्षण हरुः

  • प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ता चप्पल र बस्तुहरुमा १५    प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

  • नयां डिजाइनका जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

  • प्रदर्शनीहल भित्रै फेशन शोको आयोजना गरिने छ । आगन्तुकहरुले सो को दृश्यावलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

  • प्रदर्शनी अवधिभर निःशुल्क स्वास्थ्य शिविरको ब्यवस्था पनि मिलाईएको छ ।

  • ”रक्तदान नै जीवन दान” हो भन्नेनारालाई आत्मसात गरि प्रदर्शनी अवधिभर नेपाल रेडक्रस सोसाईटीको सहयोगमा रक्तदानको ब्यवस्था मिलाईएको छ ।

  • शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाईने छ ।

  • स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरु लाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईने छ ।

प्रदर्शनीको अवधि र गतिबिधिः

“आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग ”भन्ने मुल नाराका साथ यस बर्ष १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना भृकुटीमण्डप, प्रदर्शनीहल,काठमाडौंमा यही मिति २०७४ पौष १३गते देखि १८ गतेसम्म ६ दिनका लागी भव्य रुपमा आयोजना हुने जानकारी गराउंदछौं ।

सो प्रदर्शनीको समुद्घाटन मिती २०७४ साल पौष १३ गते बिहिवार दिनको ठिक १२ः३० बजे माननीय अर्थमन्त्रि श्री ज्ञानेन्द्र बहादुर कार्की ज्यूबाट हुने जानकारी गराउन चाहन्छु ।

यस प्रदर्शनीमा देश भरि छरिएर रहेका साना, मझौला एवं ठुला उद्योग हरुद्वारा उत्पादीत जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको सवै उत्कृष्ट उत्पादनहरु एउटै छाना मुनि स्वस्थ तरिकाले १० वटा प्रायोजकहरुको भब्य पेभिलियन सहित १३५वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहनेछन ।

प्रदर्शनी अवधिभर उपभोक्ताहरुले स्वःस्पूmर्थरुपमा प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमाछनौट गरि सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाउनेछन साथै यस औद्योगीक प्रदर्शनीमा उद्योगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्ता हरुलाई स्वदेशी उत्पादनको  गुणस्तर प्रति बिश्वास दिलाउन समेत प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा लिएका छौं ।

स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादनमा क्रमिकरुपमा सुधार आएतापनि आन्तरिक तथा बाह्य वजार प्रवद्र्धन गर्ने कार्यक्रमको अभाव भएको अवस्थामा यस किसिमका औद्यौगीक प्रदर्शनीले स्वदेशी वस्तुको आन्तरिक एवं बाह्य वजार समेत विस्तार गर्न मद्दत पुग्नेमा हामी आशावादी छौं ।

विदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुको आयात प्रतिस्थापन गर्ने उद्देश्यले संचालित यस किसिमका औद्योगीक प्रदर्शनीले जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको वजार प्रवद्र्धन हुनुका साथै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा हामीले लिएका छौं ।

यस प्रदर्शनीमा प्रदर्शनी हलभित्रै छुटै स्टेज बनाई दैनिक रुपमा फेशन शो को आयोजना गरिने छ जसमा हाल चलेका उत्कृष्ट डिजाइनका जुत्ताचप्पलहरु तथा छालाजन्य बस्तुहरुबिभीन्न चर्चित मोडलहरु मार्फत र्याम्पमा प्रस्तुत गरिने छ ।

यस औद्योगीक प्रदर्शनीको प्रबद्र्धकमा सन १९८५ देखी चलचित्र क्षेत्रमा अनवरत रुपमा कृयाशिल भई ऋब्च्ब्ख्ब्ल् जस्ता सफल चलचित्रका सहनिर्माता तथा बरिष्ठ चलचित्रकर्मी श्री निर शाह ज्यूले साथ दिनु भएको जानकारी गराउन चाहन्छु ।

सम्मानको ब्यवस्थाः

यस प्रदर्शनीमा उत्कृष्ट स्टल सजावट गर्ने उद्योगहरु मध्ये बाट उत्कृष्ट हरुलाई मायाको चिनो एवं प्रशंसा पत्र प्रदान गरिने छ ।
१.उत्कृष्ट पेभिलियन सजावट गर्नेप्रायोजकहरु मध्ये बाट एउटा उद्योग ।
२. २ वा सो भन्दा बढी स्टलमा उत्कृष्ट पेभिलियन सजावट गर्ने मध्ये बाट एउटा उद्योग । र
३. एउटा मात्र स्टल लिएर सहभागी भएका उद्योगहरु मध्ये बाट उत्कृष्ट सजावट गर्ने एउटा उद्योग लाई उत्कृष्ट सजावटको प्रशंसा पत्र एवं मायाको चिनो प्रदान गरिने छ ।

त्यसैगरि यस प्रदर्शनीमा सामुहिक डिस्प्लेको पनि ब्यवस्था मिलाईएको छ जसमा सवै सहभागी ब्राण्डहरुको प्रदर्शीत बस्तुहरु मध्येबाट उत्कृष्ट डिजाईनका जुत्ताचप्पल तथा छालाजन्य बस्तुहरु प्रदर्शनीमा राखिने छ । जसमा जेन्टस तथा लेडिज फूटवेयर मध्ये बाट १/१ वटाडिजाइन र छालाजन्य बस्तुहरु मध्ये बाट १वटा डिजाइन लाई उत्कृष्टको रुपमा छनौट गरिने छ । यसरी उत्कृष्टहुन सफल ब्राण्ड लाई उत्कृटताकोे प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरिने छ ।

प्रदर्शनीका प्रायोजक हरुः

जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरुको १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनीका प्रायोजकहरु यसप्रकार रहेकाछन ।

Goledn Sponsor:
१.किरण शुज म्यानुफ्याक्चर्सको "Goldstar हात्तिछाप चप्पलूरहेको छ  

Silver Sponsor:
१.रोयल शुज इण्डष्ट्रिज प्रा.लि.को]"Royal Shoes"
२. जयश्री पीयूटेक प्रा.लि.को "Magic" फूटवेयर रहेको छ ।

SponsorM
१.कोसेली छाला जुत्ताउद्योगको "Coseli"
२. के.डी.सुज ईण्डष्ट्रिको "Caliber"
३. एक्सन पोलिमर प्रा.लि.को ] "Milano"  ब्राण्डहरु रहेका छन ।

Co-Sponsor:
१. नेपाल लेदर क्राफ्टको "Rhino" ब्राण्डहरु रहेका छन ।
२. ब्लाकहर्स ईण्डष्ट्रिज प्रा.लि.को "Black Horse''
३.लालीगुंरास फूटवेयर प्रा.लि.को "Crossroad"
४.यती पोलिकेम प्रा.लि. र "Yeti Resin"

Banner-Sponsor:

!=Standard Chartered Bank

@= Everest Bank

#= Siddhartha Insurance रहेका छन ।

सहयोगि संघसंस्थाहरुः

अफिसियल मिडिया एजेन्सीमा माईण्ड स्पेस मिडिया एजेन्सी, स्टल व्यवस्थापनमा इभेन्ट सोलुसन र टेन्ट एण्ड ईभेन्ट सोलुसन, लाइट ब्यवस्थापनमा एक्झिबिसन लाइट हाउस, सेक्युरिटी सर्भिसको लागी पाथिभरा ईन्टरनेश्नल गार्ड सप्लायर्सरहेको छ ।

यस प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल हस्तकला महासंघ लगायतको सहयोग रहेको छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी महिला÷पुरुष , शिक्षक तथा बिद्यार्थी, कर्मचारी, मजदुर, कृषक एवं बिभिन्न    क्षेत्रका उद्यमीहरु आदि सबै वर्गले उत्सुकतापूर्वक अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

उत्पादन एवं बिक्री कार्यमा सुधार ल्याइ सर्वसुलभ तरिकाबाट ती उत्पादनहरु उपभोक्ताहरु माझ पु¥याउने उद्देश्य लिएर आयोजना हुन लागेको यस प्रदर्शनीको सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउदछौं । प्रदर्शनीमा करिव १ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा हामीले आयोजकले लिएको छ ।

प्रदर्शनीका प्रदर्शनीकर्ता मित्रहरु साथै आमन्त्रित अतिथिहरुमा र्हािर्दक धन्यवाद व्यक्त गर्दै बिगतका बर्षहरुमा झै यस बर्षपनि प्रदर्शनी सफल पार्न सहयोग गरी स्वदेशी उद्योग एवं स्वदेशी वस्तुको वजार प्रवद्र्धन गर्नमा ठूलो टेवा पुर्याउनु हुनेछ भन्ने विस्वास व्यक्त गर्नुभयो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको