बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७५ अंकले घटेर २५७०.५८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा २० कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको सेयर मूल्य बढेको छ । दुई कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.२७ अंकले बढेर ४४९.२५ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा २२ लाख बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ३६ कम्पनीका ४ हजार १७७ कित्ता सेयर ५८ पटक खरिद बिक्री हुँदा २२ लाख ९३ हजार ७० रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस