Like us!
Follow us!
Connect us!
Watch us!

साइबर ठगीबारे ‘रणनीतिक विश्लेषण प्रतिवेदन’,१८-२४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संलग्न

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १६ : १० मा प्रकाशित

साइबर ठगीबारे ‘रणनीतिक विश्लेषण प्रतिवेदन’,१८-२४ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संलग्न

नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले साइबर प्रविधिमा आधारित ठगीका विषयमा तयार पारेको ’ रणनीतिक विश्लेषण रिपोर्ट २०२४’ सार्वजनिक गरेको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको हो। 

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार साइबर प्रविधिमा आधारित ठगीका शंकास्पद कारोबारमा १८–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा ’विद्यार्थी’ उल्लेख गरेका व्यक्तिहरु सबैभन्दा बढी संलग्न रहेको देखिएको छ ।  यसैगरी,अधिकांश शंकास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको ३ महिनाभित्र शंकस्पद कारोबार भएको पाइएको छ ।

साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य उपहार-पार्सल धोखाधडी, सामाजिक सञ्जालमा नक्कली पहिचान बनाउने, नक्कली अनलाइन व्यापार प्लेटफर्म, ओटीपी धोखाधडी, लोटरी जालसाजी लगायतका तरिकाको प्रयोग भएको पाइएको राष्ट्र बैंकले जनाएको छ । 

यस प्रतिवेदनले कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय, नियामक, तथा सुपरिवेक्षकीय निकायका लागि साइबर ठगी न्यूनीकरण गर्न विशेष सिफारिसहरू गरेको छ। साथै, सूचक संस्थाहरूका लागि साइबर ठगी सम्बन्धी ‘रेड फ्ल्याग्स’ को सूची तयार पारिएको छ। प्रतिवेदनले अन्तर्राष्ट्रिय प्रयासहरूको उल्लेख गर्दै यस्ता ठगी न्यूनीकरण गर्न आवश्यक रणनीतिक उपायहरू प्रस्तुत गरेको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको