Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकबाट ८४ अर्ब २१ करोड बढी सेयर धितो कर्जा प्रवाह, कुनबाट कति ?

अर्थ संसार

सोमबार, ०३ मंसिर २०८१, १५ : ५७ मा प्रकाशित

वाणिज्य बैंकबाट ८४ अर्ब २१ करोड बढी सेयर धितो कर्जा प्रवाह, कुनबाट कति ?

चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म वाणिज्य बैंकहरुले करिब सवा ८४ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकमध्ये १९ वटाले ८४ अर्ब २१ करोड ४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन्। जुन् अघिल्लो वर्षको तुलनामा ३२.९७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही अवधिसम्म १९ वटा वाणिज्य बैंकले ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका थिए ।  

कुन बैंकबाट कति भयो कर्जा प्रवाह ?

सबैभन्दा बढी सेयर कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । यो बैंकले चालु आर्थिक वर्षको असोजसम्म १० अर्ब ९६ करोड ४४ लाख रुपैयाँ सेयर कर्जा गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले यो अवधिमा १० अर्ब ७३ करोड ९८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेको छ 
त्यस्तै, सिद्धार्थ बैंकले ७ अर्ब ७३ करोड ९ लाख,कुमारी बैंकले ७ अर्ब ७३ करोड ७१ लाख,नेपाल बैंकले ७ अर्ब ५३ करोड ५९ लाख,सिटिजन्स बैंकले ५ अर्ब ५७ करोड ३२ लाख, प्राइम बैंकले ५ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब १४ करोड २० लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ४ अर्ब १० करोड ४३ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । 

यसैगरी, प्रभु बैंकले ३ अर्ब ६४ करोड ४४ लाख,नेपाल इन्भेस्टमेन्ट बैंकले ३ अर्ब ८ करोड ५८ लाख, एनआईसी एसिया बैंकले २ अर्ब ९४ करोड ९० लाख,एभरेष्ट बैंकले २ अर्ब १२ करोड ५८ करोड र सानिमा बैंकले १ अर्ब ९१ करोड १२ लाख, हिमालयन बैंकले १ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । 

यसैगरी कृषि विकास बैंकले १ अर्ब ६७ करोड ९६ लाख , एनएमबि बैंकले १ अर्ब ६२ करोड ३८ लाख, माछापुच्छ्रे बैंकले ९० करोड र नेपाल एसबीआई बैंकले ४५ करोड ३६ लाख सेयर कर्जा प्रवाह गरेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको