Like us!
Follow us!
Connect us!
Watch us!

९.३३ प्रतिशतमा झर्यो कर्जाको ब्याजदर, सेयर कर्जासहित सबै कर्जाको ब्याजदर एकल अंकमै

अर्थ संसार

मंगलबार, ०४ मंसिर २०८१, ११ : ३९ मा प्रकाशित

९.३३ प्रतिशतमा झर्यो कर्जाको ब्याजदर, सेयर कर्जासहित सबै कर्जाको ब्याजदर एकल अंकमै

कर्जाको माग घटेपछि बैंकहरुको ब्याजदर पनि घट्दो क्रममा छ । बैंकहरुमा लगानी योग्य रकम थुप्रिएपछि बैंक तथा वित्तीय संस्थाले ब्याजदर निरन्तर घटाउँदै लगेका हुन् । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रममा कर्जाको औसत ब्याजदर गत असारदेखि एकल अंकमा झरेको छ ।

भदौमा ९.५२ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर असोज मसान्तसम्ममा घटेर ९.३३ प्रतिशतमा आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

असोजबाट सेयर कर्जाको ब्याजदरसमेत एकल अंकमा आएको छ । असोजबाट सेयर कर्जाको ब्याजदर ९.६९ प्रतिशतमा आएको छ । भदौको तुलनामा असोजमा यस्तो कर्जा करिब ६ अर्बले बढेको छ । यस्तै टर्म लोनको ब्याजदर ९.६१ प्रतिशतमा आएको छ । ओभरड्राफ्ट कर्जाको ब्याजदर सबैभन्दा धेरै १०.३५ प्रतिशत रहेको छ ।

यस्तै क्यास क्रेडिट कर्जाको ब्याजदर ९.४४ प्रतिशत, आयातकर्जाको ९.७२ प्रतिशत, चालु पुँजी कर्जाको ब्याजदर ९.०१ प्रतिशत, आवासीय कर्जाको ब्याजदर ९.७१ प्रतिशत, रियल स्टेट कर्जाको ब्याजदर ९.८४ प्रतिशत रहेको छ ।

यस्तै हायरपर्चेज कर्जाको ब्याजदर ९.८१ प्रतिशत, डिप्राइट सेक्टरको ब्याजदर ८.३४ प्रतिशत, विल्स पर्चेज कर्जाको ९.२३ प्रतिशत र अन्य प्रोडक्डको ब्याजदर ९.३३ प्रतिशत कायम भएको छ ।भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूले ५७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। यस अवधिमा सबैभन्दा धेरै चालु पुँजी कर्जा २२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

यसबाहेक टर्मलोन करिब साढे २ अर्ब रुपैयाँ, क्यास क्रेडिट कर्जा ३ अर्ब रुपैयाँ, रियल स्टेट कर्जा करिब साढे ३ अर्ब रुपैयाँ, डिप्राइट सेक्टर ल्याण्डिङ साढे पाँच अर्ब रुपैयाँ र अन्य प्रोडक्कहरूमा १ अर्ब कर्जा प्रवाह भएको छ । असोजमा निक्षेपको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटेको छ । भदौमा ५.४८ प्रतिशत रहेको निक्षेपको औषत ब्याजदर असोजमा ५.२४ प्रतिशतमा आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको