Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय जीवन बीमाको सीईओ चयनमा समस्या, दोस्रोपटक आवेदन खुल्यो

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, ०८ : १८ मा प्रकाशित

राष्ट्रिय जीवन बीमाको सीईओ चयनमा समस्या, दोस्रोपटक आवेदन खुल्यो

राष्ट्रिय जीवन बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ। यसअघि असोज १६ मा सीईओका लागि गरिएको पहिलो आह्वानमा आवेदन दिने कुनै पनि उम्मेदवारले न्यूनतम योग्यता पूरा गर्न नसकेपछि पुनः नयाँ दरखास्त खुलाइएको हो।

कम्पनीका अनुसार सीईओ छनोट तथा सिफारिस समितिले पहिलो चरणमा दरखास्त दिएका सबै आवेदकहरू अयोग्य ठहर भएका थिए। यसपटक भने योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ।

नयाँ सीईओका लागि कम्पनीले निम्न योग्यता तोकेको छ:

  • बीमा, व्यवस्थापन वा अन्य सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर उपाधि।
  • बीमा क्षेत्रमा व्यवस्थापक तहमा ५ वर्षको अनुभव, आर्थिक क्षेत्रमा ८ वर्षको अनुभव, वा दुबै क्षेत्रमा भए बीमामा कम्तीमा १ वर्षसहित ७ वर्षको अनुभव।

राष्ट्रिय जीवन बीमाले योग्य र सक्षम नेतृत्व चयन गरी संस्थाको प्रगति र विकासमा योगदान पुर्याउन नयाँ सीईओ छनोट गर्ने बताएको छ। इच्छुकले समयसीमाभित्र आवेदन दिन अनुरोध गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको