Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १० : ३३ मा प्रकाशित

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकले १ लाख ३१ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  बैंकले संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्रीमा राखेको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ । सेयर मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ । 

तोकिएको समयमा  संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको