Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य,सिजनल पासको पनि व्यवस्था

अर्थ संसार

सोमबार, १० मंसिर २०८१, २० : २८ मा प्रकाशित

एनपीएलका लागि क्यानले तोक्यो टिकट मूल्य,सिजनल पासको पनि व्यवस्था

नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणका  लागी टिकट मूल्य तोकिएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका टिकट मूल्य तोकिएको जनाएको हो ।

क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ । त्यसैगरी लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ ।

प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । त्यस्तै फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । क्यानले सिजनल पास खरिद गर्ने समर्थकलाई २० प्रतिशत छुट दिएको छ । जसअनुसार समर्थकले सामान्यतर्फ चार हजार ४८० रुपैयाँ र भीआईपीतर्फ आठ हजार २४० रुपैयाँमा सिजनल पास किन्न सक्ने छन् । क्यानले सिजनल पास खरिद गर्ने दर्शकलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिने समेत जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको