Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा विदेशी मुद्रा दरमा फेरबदल, कुन मुद्रा कति महँगियो?

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, ०८ : १५ मा प्रकाशित

राष्ट्र बैंकद्वारा विदेशी मुद्रा दरमा फेरबदल, कुन मुद्रा कति महँगियो?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ ०६ पैसाले बढेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३५ रुपैयाँ २३ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । मंगलबार डलको भाउ १३४ रुपैयाँ ५७ पैसामा खरिद र बिक्री १३५ रुपैयाँ १७ पैसामा भएको थियो । 

बुभबार युरोपियन युरो को भाउ ४० पैसाले बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ४८ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ११ पैसा तोकिएको छ । मंगलबार भने युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ४८ पैसा बिक्रीदर १४२ रुपैयाँ ११ पैसा तोकिएको थियो ।   

बुधबार बेलायती पाउन्ड एकको खरिदमूल्य १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १० पैसाले बढेको हो । यसअघि मंगलबार पाउण्डको खरिदमूल्य १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९६ पैसा कायम थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३० पैसा र बिक्रीदर ८७ रुपैयाँ ६९ पैसा तोकिएको छ यसैगरी, क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ५० पैसा र बिक्रीमा ९५ रुपैयाँ ९२ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ५७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६७ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ८४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ २० पैसा र बिक्रीदर ३० रूपैयाँ ३४ पैसा कायम गरेको छ ।

यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको