Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक, के-के आयो ?(हेरौं पूर्ण पाठ)

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १० : २३ मा प्रकाशित

मौद्रिक नीतिको त्रैमासिक समिक्षा सार्वजनिक, के-के आयो ?(हेरौं पूर्ण पाठ)

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ ।  राष्ट्र बैंकले आफ्नो वेबसाइटमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो।

केन्द्रीय बैंकले वार्षिक मौद्रिक नीतिपछि त्रैमासिक र अर्धवार्षिक समीक्षा पनि ल्याउने गर्छ। त्रैमासिक र अर्धवार्षिक मौद्रिक सीमक्षा भने त्रैमास सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने गरिन्छ।

मौद्रिक समीक्षा ल्याउन राष्ट्र बैंकको बोर्ड (सञ्चालक समिति)को बैठक साढे ८ बजेबाट बसेको थियो । पहिलो त्रैमासिक समीक्षामार्फ केन्द्रीय बैंकले नीतिगत परिवर्तन खासै गरेको छैन।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.०० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ । अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । 

मौद्रिक नीतिको कार्यदिशालाई दिइएको निरन्तरताबाट मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्न गई नेपाल सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने राष्ट्र बैंकको अपेक्षा छ ।


 

https://www.nrb.org.np/.../monetary-policy-2081-82-1st.../

6749458a7a874.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको