Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षामा कुनै पनि व्यवस्था भएन हेरफेर ,सबै यथावत

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, १० : ४४ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षामा कुनै पनि व्यवस्था भएन हेरफेर ,सबै यथावत

नेपाल राष्ट्र बैंकले शुक्रबार आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।

यस समीक्षामा बैंकले नीतिगत दरमा कुनै पनि परिवर्तन नगर्ने निर्णय गरेको छ।

मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा कुनै पनि नीतिगत व्यवस्थामा फेरबदल गरिएको छैन।  राष्ट्र बैंकले ५ प्रतिशतको नीतिगत दर, ३ प्रतिशतको निक्षेप संकलन दर, र ब्याजदर कोरिडोरको माथिल्लो सीमा ६.५ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ। साथै, अनिवार्य नगद मौज्दात र बैधानिक तरलता अनुपातमा पनि कुनै परिवर्तन गरिएको छैन।  

सेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको सीमा हट्नुपर्ने र कर्जामा लगाइएको जोखिमभार १०० प्रतिशतमा झार्नुपर्ने लगानीकर्ताको माग थियो। यो माग पनि प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सम्बोधन गरेन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको