Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलका प्रत्येक चौकामा एनसेलले विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री दिने

अर्थ संसार

शुक्रबार, १४ मंसिर २०८१, ११ : १० मा प्रकाशित

एनपीएलका प्रत्येक चौकामा एनसेलले विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री दिने

नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूका प्रत्येक चौकामा एनसेल फाउन्डेसनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।

क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरिएको भन्दै एनसेल एजियटा लिमिटेडको उक्त परोपकारी संस्थाले दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री प्रदान गर्ने बताएको हो ।

यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्ध्न गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पुर्याउने उसको विश्वास छ ।  विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्ने र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ । एनपीएल नेपालको एक प्रमुख क्रिकेट प्रतियोगिता हो । यो शिक्षाको महत्व दर्शाउँदै सत्कार्यलाई प्रवर्द्धन गर्ने उपयुक्त प्लेटफर्म भएको एनसेलको भनाई छ । 

शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने उल्लेख छ । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको