जिल्ला अदालत काठमाडौंले साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्री दुष्प्रचार गरेको आरोपमा उनी मंसिर ४ गते पक्राउ परेका थिए।
यसअघि, मंसिर ५ गते अदालतले उनलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। त्यही म्याद सकिएपछि मंसिर ९ गते पुनः पाँच दिनको म्याद थप गरिएको थियो।
म्याद समाप्त भएपछि प्रसाईंलाई शुक्रबार पुनः अदालतमा पेश गरिएको थियो, जहाँ अदालतले फेरि पाँच दिन हिरासतमा राख्ने आदेश दिएको हो।
प्रसाईंमाथि लगाइएको आरोपको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस