Like us!
Follow us!
Connect us!
Watch us!

विचौलिया जोगाउन मन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोले: माओवादी

अर्थ संसार

विहीबार, २० मंसिर २०८१, ११ : ३३ मा प्रकाशित

विचौलिया जोगाउन मन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोले: माओवादी

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले उर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने कार्य अस्वभाविक भएको भन्दै विरोध गरेको छ ।

बिहीबार बसेको पार्टी पदाधिकारीको बैठकले उर्जामन्त्री दिपक खड्काले चालेको कदमको विरोध गरेको हो । नेपालको इतिहासमा हालसम्म नभएको कुरा उर्जामन्त्रीले गरेर जग हँसाएको निष्कर्ष माओवादीले निकालेको छ ।

यस्तै, माओवादी केन्द्रले एक्लै चुनाव लड्ने पार्टीको निर्णय जनताबाट अनुमोदन भएको निश्कर्ष समेत निकालेको उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । उनका अनुसार प्रारम्भिक समिक्षाका क्रममा उपनिर्वाचनको नतिजाले धेरै उत्साहवद्र्धक र महत्वपुर्ण अवसरहरु प्रदान गरेको छ ।

उनले उपचुनावबाट माओवादी पार्टी दोस्रो स्थानमा आएको भन्दै २०६४ पछि पार्टी पहिलो पटक एकताबद्ध भएर चुनावमा गएको बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको