Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

अर्थ संसार

आइतबार, २३ मंसिर २०८१, १५ : १९ मा प्रकाशित

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतद्वारा अनुमति

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछाने माथि ४ दिन म्याद थप भएको बताए । यद्यपि सरकारी वकिल कार्यालय कास्कीले भने १३ दिनको म्याद मागेको थियो ।

गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका  लामिछाने माथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको साहारा सहकारी लगायतको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको