हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत १४ हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् ।
लाभांश घोषणा गरेका हाइड्रोपावर कम्पनीहरुमध्ये यूनाइटेड इदि मर्दि हाइड्रोपावर, कुथेली बुखेरी हाइड्रोपावर, माउन्टेन इनर्जी, सगरमाथा जलविद्युत कम्पनी, विन्ध्यावासिनी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रुरु जलविद्युत कम्पनी, मन्दाकिनी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, साहस ऊर्जा, भगवति हाइड्रोपावर, माण्डु हाइड्रोपावर र सुपरमाइ हाइड्रोपावर हुन् ।
लाभांश घोषणा गरेकामध्ये ११ वटा कम्पनीले बुक क्लोज गरिसकेका छन् भने बाँकी ३ कम्पनीले बुक क्लोज मिति तय गरेका छैनन् भने अब बुक क्लोज गर्न बाँकी ३ कम्पनी यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावर, कुथेली बुखरी र माउन्टेन इनर्जीको सेयर किन्नले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
यूनाइटेड इदि मर्दि
यूनाइटेड इदि मर्दि एन्ड हाइड्रोपावरले कुल ४.२११ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा कम्पनीले ४ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ भने ०.२११ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
कुथेली बुखरी हाइड्रो
कुथेली बुखरी हाइड्रोले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई कुल १० प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले नगद नदिइ १० प्रतिशत नै बोनश सेयर दिने भएको हो ।
माउन्टेन इनर्जी
माउन्टेन इनर्जीले गत वर्षको नाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा कम्पनीले १५ प्रतिशत बोनश सेयर वितरण गर्ने भएको हो भने ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।
माण्डु हाइड्रोपावर
माण्डु हाइड्रोपावर कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १२ प्रतिशत लाभांश दिने भएको छ । जसमा कम्पनीले १२ प्रतिशत नै नगद लाभांश मात्रै दिने निर्णय गरेको छ ।
भगवति हाइड्रोपावर
भगवति हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १४.७३६८ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये कम्पनीले ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि समेत गरी १०.७३६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
साहस ऊर्जा
साहस ऊर्जाले आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
सुपर मादी
सुपर मादी हाइड्रोपावरले ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
रुरु जलविद्युत
रुरु जलविद्युत कम्पनीले गत वर्षको नाफाबाट कुल १५.७८९ प्रतिशत लाभांश दिने भएको छ । जसमध्ये १५ प्रतिशत बोनश सेयर दिने भएको हो भने ०.७८९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अपि पावर
अपि पावर कम्पनीले ५ प्रतिशत बोनश सेयर दिने भएको छ भने कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अरुण भ्याली
अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.१५७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सगरमाथा जलविद्युत
सगरमाथा जलविद्युत कम्पनीले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल ५ प्रतिशत लाभांश दिने भएको छ । जसमा ४.७५ प्रतिशत बोनश सेयर दिने भएको छ भने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
मन्दकिनी हाइड्रोपावर
त्यसैगरी मन्दकिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
विन्ध्यावासिनी हाइड्रोपावर
विन्ध्यावासिनी हाइड्रोपावरले गत वर्षको नाफाबाट कुल ८ प्रतिशत लाभाश दिने भएको छ । जसमा कम्पनीले बोनश सेयर मात्रै वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ ।
सुपरमाइ हाइड्रोपावर
सुपरमाइ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनश सेयर र ५.६३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस